र्‍यालीक्रस र अटोक्रसको मार्सल तालिम सम्पन्न

र्‍यालीक्रस र अटोक्रसको मार्सल तालिम सम्पन्न

नेपाल अटोमोवाइल्स एसोसिएसनको आयोजनामा आज फागुन १८ गते अन्र्तराष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरुद्वारा ७४ जना प्रविधिकलाई र्‍यालीक्रस र अटोक्रससम्बन्धि मार्शल तालिम दिएको छ ।
एफआइए ग्य्रान्ट प्रोगाम तथा बागमति खेलकुद विकास परिषदको सहयोगमा भएको यस तालिमको उद्घाटन शत्रमा अन्र्तराष्ट्रिय अटोमोवाइल महासंघ (एफआइए)का एशिया प्यासिफिक स्पोर्टस् कोअर्डिनेटर विजिता विजेमाने, राखेपका बोर्ड सदस्य अञ्जन धमाला, कणर्ाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सञ्जेल, नेपाल अटोमोवाइल्स एसोसिएसनमा अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपानेले सुभकामना दिनु भएको थियो ।

नेपाल अटोमोवाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईले संघको निति योजना तथा कार्यक्रम, श्रीलङ्कन प्रशिक्षक विजिता विजेमानले र्‍यालीक्रस र अटोक्रसको प्राविधिक पक्ष र इभेन्ट व्यपास्थापन तथा कम्युनिकेसनबारेमा प्रशिक्षण दिनुभयो । त्यस्तै एसोसिएसनका वरिष्ठ उपाध्यक्ष डा. बुलन्द थापाले रेसिङमा मेडिकल सेफ्टी र रेस्पोन्स, उपाध्यक्ष अनिल कुमार बरालले मार्सल झण्डा र सिगनल तथा मार्सल तथा ट्रेनिङ कमिसनका प्रमुख यदुराज लामिछानेले रेसिङमा मार्सलको रोल तथा दायित्वको बारेमा प्रस्तुत गर्नु भयो । नेपाल भरिका मोटरस्र्पोस्संग सम्बन्धित अफिसियल, इन्जिनियर, प्रविधिक तथा ड्राइभरहरु समेतको सक्रिय सहयागिता यस तालिमको संयोजन संघका सचिव सन्तोस प्रसाद न्यौपानेले गर्नु भएको थियो । अन्र्तराष्ट्रियस्तरको मार्सल तयार गर्ने समेत उद्देश्य रहेको सो तालिमद्वारा आगामी एक दशकमा नेपालमा संचालन गर्ने मोटरसर्पोस्का आवश्यक प्राविधिक जनशक्तिको तयारी गरिनेछ ।
त्यस्तै प्रशिक्षक तथा अफिसियलको निगरानीमा ललितपुरको मलपोखरीमा बनाइएको अस्थायी ट्रयाकमा रेसिङ सहितको मार्सलिङ प्रयाकटिकल सेशन पनि सम्पन्न भएको छ । आजको यस तालिममा संघका विभिन्न प्रदेश संघका अध्यक्ष तथा अन्य पदाधिकारी समेतको उपस्थीति रहेको थियो ।