राजेश मगर र बर्षा बस्नेतले जिते १ लाख ५० हजार

राजेश मगर र बर्षा बस्नेतले जिते १ लाख ५० हजार

विश्व खेलकुद दिवसको अवसरमा शुक्रबार र शनिबार, नेपालमै पहिलो पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भव्यताका साथ पोखरामा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा महिला र पुरुष गरी ५६ जना खेलाडीले भाग लिएका थिए ।

बन जङ्गल, खोलानाला, बासघारी, गोरेटोबाटो, बगर, बालुवा उडाउने, गुडाउने सबै खालको मिश्रणले बनाइएको ५ किलोमिटरको ट्रयाक निर्माण गर्न झन्डै ३ महिना भन्दा बढी समय लागेको आयोजकको दाबी छ ।

चैत्र २३ गते छनौट खेल खेलाएर २५ जना मेन ओपन इलाइट खेलाडीलाई छनौट गरिएको थियो भने महिला तर्फ ७ जना र ३०+ ओपन मास्टर्समा ७ जना खेलाडीलाई फाइनल खेल खेलाइएको थियो ।

फाइनल खेलको उद्घाटन प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले हरियो झन्डाले संकेत गरेर गरेकी थिइन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल), अन्तर्राष्ट्रिय नियामक संस्था (एफआईएम), प्रदेश खेल्कुद परिषद लगायतबाट अनुबन्धित उक्त खेल हजारौं दर्शकका बिच राष्ट्रिय गानबाट भब्यताका साथ सुरु भएको थियो।

नेपाल अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष अनिल के बरालले खेलाडीलाई अनुशासनको सपथ ग्रहण समेत गराएर खेलको सुरुवात भएको थियो ।

Nepal Automobiles' Association (NASA)

महिलातर्फ ललितपुरकी बर्षा बस्नेतले टाइटल जितिन भने पुरुष, ओपन इलाइटमा काठमाडौका राजेश मगरले उपाधि हात पारेका थिए ।

त्यस्तैगरी महिला तर्फ दोश्रो मन्दिरा भण्डारी र पोखरामा राम्रो फ्यान फ्लो बनाएकी सुरक्षा केसीले तेस्रो स्थान हासिल गरिन ।

पुरुष ओपन मेल इलाइटमा दोश्रो हुने अन्जित बुढाथोकी थिए भने तेस्रो हुने आशुतोष धोजु थिए । ओपन ३०+ मास्टर्समा राज शाहीले पहिलो स्थान लिएका थिए भने दोश्रो हुनेमा बिकास श्रेष्ठ र तेस्रो हुने अजित बराल थिए ।

विश्व कपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्रयाको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए ।

यस्ता खालका आउटडोर स्पोर्ट्सले भर्खरै पर्यटनको राजधानी घोषणा भएको पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल्स एसोसिएसन गण्डकीका अध्यक्ष शिव श्रेष्ठले बताए ।

प्रतियोगिता सम्पन्न बनाउन विभिन्न संघ संस्था, स्पोन्सरसिप र खेलप्रेमी लगायत खेलाडीहरुको राम्रो साथ र सपोर्ट भयो भने यस्ता खालका एड्भेन्चर खेलहरुले नेपाललाई बिश्व सामु चिनाउन धेरै कुर्नु नपर्ने प्रमुख अतिथि इन्दिरा रानाले बताइन ।

उक्त प्रतियोगितामा ओपन मेल ३०+ मास्टर्सको सातै जना खेलाडी र महिला तर्फ चौथो र पाचौ पुरुष मेल ओपन इलाइटका चौथो र पाचौलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर पदान गरेको थियो ।

हाइग्राउण्ड प्याकेजमा बन्जी जम्प, प्याराग्लाइडिङ, एटीभी, जिप फलायर, स्काइ स्क्रिनरको फुल प्याकेज पर्दछ । हाइग्राउण्डका दिनेश महर्जनले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

पुरुष तर्फ ओपन इलाउटले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार प्राप्त गरेका थिए भने महिला तर्फ ललितपुरकी बर्षा बस्नेतले १ लाख ५० हजार प्राप्त गरिन ।

Nepal Automobiles' Association (NASA)

सबै निकाय र खेलप्रेमीहरुको यस्तै साथ र सहयोग भयो भने क्रमशः अर्को बर्ष पनि यो खेल खेलाइने कार्यक्रम निर्देशक जगत ढौलीले बताए ।